
साहिल अन्सारी –सर्वप्रथम सामान्य अवस्था वा कोभिड महामारी:बालसरक्षण हामी सबैको साझा जिम्मेवारी भन्ने मुलनाराको साथमा राष्ट्रिय बालदिवसको हार्दिक शुभकामना। वास्तवमा बालबालिका बिना को समाज समेत परिकल्पना र हामी ले सोच्न समेत सक्दैनौं हुँन पनि हो देश को कुल जनसंख्या को ४२ प्रतिशत बालबालिकाले नै ओगेटे का छन् ।
बालअधिकार को क्षेत्र मा नेपालले ठुल–ठुला उपलब्धि हरु हासिल गरेको छ किन भने हामि बालबालिका को अर्थपूर्ण सहभागिता मा पूर्ण बिश्वास गर्दछौ हामि बालदिवस मनाइ रहदा हामि ले बालअधिकारको एतिहासिक बिकासक्रम लाई समेत जान्न आवस्यक छ ।
१९१४/१९१८ सम्म चलेको प्रथम बिश्वयुद्द बाट बालअधिकारको दिप जलेको हो प्रथम बिश्वयुद्दमा भएको अनाथ,असहाय,टुहुरा,बालबालिका लाई सरक्षण गर्न र अब बालअधिकारको रक्षा गर्न का निम्ति सन् १९२३ मा बेलायति महिला फोटो पत्रकारले बालबचाउ नामक संस्था को स्थापना गरेकी थिइन् त्यस पछी सन् १९२४ मा लिग अफ नेशन बाट बालअधिकार को घोषणा पत्र जारि भयो त्यस पश्चात पुन १९३९/१९४५ सम्म फेरी दोस्रो बिश्वयुद्द चल्यो र फेरी बालबालिका को क्षेत्रमा ठुलो क्षति भयो त्यस पछी १९४५ मा सयुक्त राष्ट्र संघ को स्थापना भयो र बालअधिकार मानव अधिकार सरह भएको कारणले १९४८ मा मानवअधिकारको बिश्वब्यापी घोषणा पत्र जारि भयो ।
त्यस पछी बालअधिकारको बहस अझै बढ्दै जादा १९८९ मा बाल अधिकार को क्षेत्र मा ठुलो उपलब्धि हासिल भयो किन कि १९८९ नोभेम्बर २० तारिख का दिन बालअधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि पारित भयो जसलाई अहिले १९३ भन्दा बढी राष्ट्रले अनुमोदन गरिसकेका छन् त्यस पछी १९९० सेप्टेम्बर १४ मा समेत बालअधिकार महासन्धिमा नेपालले पनि हस्ताक्षार गर्यो जसमा नेपालको तर्फ बाट तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई ले हस्ताक्षार गरेका थिए ।
जुन दिन नेपाल र नेपाली बालबालिका को लागि गौरब को दिन बनेको थियो हुँन त नेपाल मा २०६२ र ६३ को जनान्दोलन भन्दा अगाडी भाद्र ४ मा बालदिवस मनाइन्थ्यो त्यस पछी जन–आन्दोलन पश्चात राजपरिवार को सम्झना मा मनाइने बालदिवस लाई नेपालले बालअधिकार महासन्धि लाई अनुमोदन गरेको १९९० सेप्टेम्बर १४ अर्थात भाद्र २९ लाई बालदिवस को रुपमा मनाइने निर्णय गरियो र अहिले यहि मिति लाइ रास्ट्रिय बालदिवस को रुपमा मनाइने गरिन्छ ।
यसरी नै नेपालले बालअधिकार को एतिहासिक बिकासक्रम मा उपलब्धि हासिल गर्दै आएको छ यसरी २०६८ सालमा नेपाल सरकारले बालमैत्री स्थानीय शासन रास्ट्रिय रणनीति २०६८ र कार्यन्वयन कायविधि २०६८ जारि गरि बालबालिका हरुको लागि बालमैत्री वातावरण को थालनी गरिएको हो भने वर्तमान अवस्थामा संघीयता लागू भए पश्चात् कार्यविधी संशोधन भएर २०७८को रुपमा आइसकेको छ संगै २०७२ मा नेपालको सबिधानको धारा ३९ मा समेत बालबालिका को हक बारे प्रस्ट उल्लेख गरिएको छ त्यो संगै स्थानीय तहमा बालबालिका हरुको लागि सुहाउदो वातावरण सिर्जना गर्नको लागि स्थानीय सरकार को निर्वाचन पश्चात नेपाल सरकार ले स्थानीय सरकार संचालन एन २०७४ को परिच्छेद ३ र ६ मा समेत बालबालिका को हक अधिकार को बारेमा बयान गरेको छ ।
यति नीति नियम कानुन को कुरा गरिरहदा पनि कहिँ कतै बालबालिका को अवस्था निकै नाजुक अवस्था मा नै पाइन्छ खास गरि आफ्नै बाके जिल्ला मा बालबालिका को स्थिति हेर्ने हो भने सुगम जिल्ला को दर्गम क्षेत्र मा बालबालिकाले बालमैत्री वातावरण नपाएर बिच्चली अवस्था रहेको हामि ले आफ्नै आखा ले हेर्न सक्छौ अहिले कतिपय बालबालिका शिक्षा को उज्यालो बाट बन्चित रहेको हामिले हेर्न सक्छौ बालमैत्री वातावरण को कुरा गरिरहदा पनि र बालअधिकारको नारा लगाई रहदा ग्रामिण क्षेत्रका बालबालिका बालश्रम, बालविवाह,अत्याचार को सिकार भइ आफ्नो जीवन लाई खाल्डो मा पूर्ण समेत बाध्य भएका छन् ।
वास्तवमा गरिबि अशिक्षा र सो क्षेत्रमा सरोकारवाला नपुगेको कारण ले पनि बालबालिका हरु आफ्नो मौलिक हक बाट समेत बन्चित भएका छन् आज राष्ट्रिय बालदिवसको नारा लगाउदा बालअधिकार महासन्धि ले दिएको अधिकार लाई सम्बर्धन समेत गर्न प्रण गर्ने दिन हो अहिले प्रण गरेर बालबचाउ बाल सरक्षण बालविकास र सहभागिता लाइ प्रबर्धन गर्न लागि उठ्ने दिन पनि हो अझै बालबालिका को हक को लागि प्रयास जरुरि छ ।
वास्तवमा शहर भन्दा ग्रामिण भेग का बालबालिका को लागि योजना भनाएर अगाडी बढ्नु पर्दछ र सकारात्मक परिवर्तन ल्याउनु पर्दछ फेरी पनि रास्ट्रिय बालदिवस २०७८ को अवसरमा पुन हरेक बालबालिका हक मा सकारात्मक परिवर्तन आवोस र नारा भन्दा व्यहवार मा लागु होस् र सच्चि कै बालमैत्री स्थानिय शासन प्रबर्धन र सम्बर्धन गर्ने प्रेरणा मिलोस भनि शुभकामना दिन चाहन्छु । (अन्सारी बालअधिकारकर्मी हुन् )