Mero Sawal

स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु
१० पौष, नेपालगञ्ज ।

सरकारले स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि यस्तो सुरुवात गरेको हो ।

बुधबार पहिलोपटक मोरङको केराबारी गाउँबपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरी उक्त सेवाको सुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन मिरिडचिङ मगर अर्थ कन्त्रालयका राजस्व सचिव भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेती, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय उद्योगी- व्यवसायी तथा करदाताको सहभागिता थियो ।

कार्यक्रममा अर्थमन्त्री खनाल‍ले विभाग र गाउँपालिकाको यो प्रयास प्रशासनिक संघीयतामा ऐतिहासिक दिन रहेको बताए । उनले हालसम्म प्रशासनिक संघीयता कमजोर रहेको भन्दै यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै प्रशासनिक संघीयतालाई थप मजबुद बनाउन सहयोग पुग्ने बताए ।

यो प्रयासले करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, विकृत व्यवहार कम हुने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्द्धन कायम गर्ने दिशामा यो कार्यक्रम कोसेढुङ्गा समेत अर्थमन्त्री खनालको भनाइ छ ।

यसअघि बुधबार करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण गरिएको थियो । केराबारी गाउँपालिका प्रमुख र आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुखबीचमा समझदारीपत्र भएको हो ।

मन्त्रिपरिषद्को कात्तिक १७ को निर्णयले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । सुरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सुरु गरिएको उक्त कार्यक्रम अब स्थानीय तहबाट सुरु भएको हो ।

आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहबाट कर सम्बन्धी सेवा प्रवाह सुरु गरिसक्ने विभागले जनाएको छ ।

नेपालगन्ज फोटो फेस्टिवल २०८२: चौथो संस्करण असार ४ र ५ मा आयोजना हुने
३०, जेष्ठ २०८२ शुक्रबार

नेपालगन्ज, – देशभरका फोटोग्राफरहरुको प्रतिभा उजागर गर्ने उद्देश्यसहित नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जको होटेल सिटी प्यालेस, धम्बोझीमा हुने भएको छ। अन्तरालको आयोजनामा हुने यो फेस्टिवलमा फोटो प्रदर्शनीसँगै फोटोग्राफी तालिम र विविध पुरस्कार वितरण कार्यक्रम समेत समावेश गरिनेछ।

कार्यक्रमका प्रमुख आयोजक जयनारायण शाहका अनुसार राष्ट्रिय फोटो प्रतियोगितामा प्राप्त २,१०० भन्दा बढी फोटोमध्येबाट छनौट गरिएका १११ उत्कृष्ट तस्बिरहरू प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। यी फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै काठमाडौं, प्रदेशस्तरका सहरहरूमा हुने आगामी प्रदर्शनीहरू र एक विशेष फोटो पुस्तकमा समेत समावेश गरिनेछ। निर्णायक मण्डलमा वरिष्ठ फोटो पत्रकार विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर रहेका छन्। यसपटक उत्कृष्ट फोटोलाई “वर्ष फोटो – २०८१ अवार्ड” प्रदान गरिनेछ, जसको पुरस्कार राशी रु. ५१,१११ र प्रमाणपत्र रहेको छ।

पिपुल्स च्वाइस अवार्डका लागि भोटिङ खुला फेस्टिवलको एक विशेष आकर्षण पिपुल्स च्वाइस अवार्ड हो, जसका लागि निर्णायक मण्डलले छनौट गरेका ३१ उत्कृष्ट फोटोहरू अनलाइन भोटिङका लागि सार्वजनिक गरिएका छन्। ईसेवा भोटिङ पार्टनर रहेको प्रतियोगितामा असार ५ गते दिउँसो १ बजेसम्म भोट दिन सकिनेछ। सर्वाधिक भोट प्राप्त गर्ने फोटोले रु. ५०,१११ नगद र प्रमाणपत्रसहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछ।

विधागत उत्कृष्टता र समिटको आयोजना प्रतियोगिता ९ विधामा विभाजित गरिएको छ — दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, र नेपाल स्माइल। प्रत्येक विधामा उत्कृष्ट ठहरिएका फोटोहरूलाई रु. ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

साथै, यो वर्ष पहिलो पटक नेपाल फोटोग्राफी समिट पनि आयोजना गरिने भएको छ, जहाँ फोटोग्राफर र फोटो पत्रकारहरूले आफ्ना अनुभव र ज्ञान आदानप्रदान गर्न सक्नेछन् | फेस्टिवल संयोजकको भूमिका यसपटक पत्रकार निशु जोशीलाई दिइएको छ, जो फेस्टिवलको दोस्रो संस्करणकी वर्ष फोटो विजेता हुन्।कार्यक्रमका लागि ‘सिंगो नेपाल झल्किने प्रदर्शनी’ को प्रतिवद्धता जनाउँदै आयोजकले सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन्।

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन
बाँके जेठ २९ गते ।

आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए ।

करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए । उनले यसअघि कानुन अस्पष्ट हुँदा यस्तो कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने स्पष्ट गरे ।

’निलम्बन भएका फार्मसँग कुनै कारोबार गर्नुहँदैन, यसले कारोबार गर्नेलाई पनि समस्या हुन्छ’, उनले भने । यसअघि विभागले मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरेको थियो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्यअभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।

गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण
नेपालगन्ज, २७ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा जेष्ठ महिनाको ठूलो मंगलबारमा आज अन्तिम मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको अन्तिम ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । गौरव स्मृतिद्वारा जेष्ठ महिनाको ५ वटै ठूलो मंगलबारका दिन बृहत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिनुका साथै नगरको अन्य स्थानमा समेत आर्थिक सहयोग गरिएको संरक्षक शाहले बताउनुभयो ।

प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै
बाँके जेठ ११ गते ।

नेपालगन्ज उपमहानगरपालिका ८ स्थित धोवी तलाउ हेर्न लायक थियो । तलाउमा बाह्रै महिना पानी भइरहने भएकोले पानीमा बस्ने चराहरुको बासस्थान पनि थियो धोवी तलाउ । तलाउमा कमलको फुल र वरिपरि बेगनबेली फुल फुल्दा यो तलाउ झनै सुन्दर देखिन्थ्यो ।

जाडो सिजनमा सिंगाडा फल्ने यो तलाउले नेपालगन्जको सुन्दरतामा थप जलप लगाएको थियो । यो तालमा धोवीले लुगा धुने भएकोले पनि धोवी तलाउ नाम राखिएको हो । चराचुरुंगीको चिरविर आवाज, कमल र बेगनबेली फुलको सुन्दरतासँगै धोवीले लुगा धुँदा यसको सुन्दरता अझै थपिएको थियो ।

तर, पछिल्लो समय यो तलाउ कुरुप बन्दै गएको छ । तलाउको संरक्षण गर्ने जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिकाले संरक्षणको साटो फोहोर फालेर थप कुरुप बनाउँदै छ । उपमहानगरले तलाउ पुर्न नेपालगन्जबाट निस्केको फोहोर यहि तलाउमा फाल्दै आएको छ

एकाबिहानै अवैध दुई लाख बराबरको खसी बोका बरामद ।
९ माघ / नवलपरासी पश्चिम                     नवलपरासी पश्चिम प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार बिहान २ बजेको समयमा जिल्लाको सरावल गाउँपालिकन -६ स्थित बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए । उक्त पशु चौपाय अवैधरुपमा को कसले ल्याएको हो भन्ने बिषयमा समेत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भारतीय तिर्थालु बोकेको बस पल्टिँदा ४५ जना घाइते, एकको अवस्था गम्भीर ।
७ माघ/नवलपरासी पश्चिम                        नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना तिर्थयालु घाइते भएका छन् । पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल घोलामा पल्टिँदा भारतीय तिर्थयालुहरु घाइते भएका हुन । बस पल्टिएको खबर पाउन साथ स्थानीय,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरुको उद्धार गरि पृथ्वी चन्द्र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुर्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले बताए । घाइते मध्ये एकजनाको टाउमा गम्भीर चोट लागेकाले उनको अवस्था गम्भीर रहेको पाण्डेले जानकारी दिए । बसमा करिब ६०/६५ जना तिर्थयात्री सवार रहेको बताइएको छ । समान्य घाइते भएकालाई गन्तव्य पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । अधिकांश घाइते भएका तिर्थालु भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन । हरेक बर्ष माघे कृष्ण औंसीका दिन नवलपुर जिल्लाको त्रिवेणीधामा मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल गरि अधिकांश भारतको बिहार र उत्तर प्रदेशको हजारौं श्रदालुभक्तजनहरु स्नान गर्न आउने गर्छन ।

३२ जनाको शव भेटियो– जीवित उद्धार गरिएकाको पनि निधन
आइतबार, माघ १, २०७९

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।खोलातिर प्लेन आएपछि हामी दौडँदै आयौँ, मन्दिर आइपुग्दा दुर्घटना भयो : प्रत्यक्षदर्शी

चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ ।

त्यसलगत्तै जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।

त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । केही शवहरु अत्यन्तै अप्ठेरो ठाउँमा रहेकाले निकाल्न कठिनाई भइरहेको छ ।अहिलेसम्म कोही पनि जीवित छैनन्,” उनले भने, “जीवितै उद्धार गरिएको भने पनि अस्पताल पुर्‍याउँदा जीवित नरहेको पाइएको छ । जहाज जटिल ठाउँमा खसेको छ । थप शव खोज्न समस्या भइरहेको छ । जीवित उद्धार गर्न सकिएलाजस्तो छैन ।

उनले अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव निकाल्न क्रेन ल्याइएको पनि जानकारी दिए । अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव खोज्न क्रेन ल्याइएको छ । क्रेनको सहायतामा उद्धारको कार्य अगाडि बढेको छ,” उनले भने ।

स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरेकाको पनि अस्पताल पुर्‍याउँदासम्म निधन भएको पाइएको उनले जानकारी दिए । गण्डकी अस्पतालले पनि आफूहरुकहाँ ल्याइएका सबै जनाको निधन भएको बताएको छ । गण्डकी अस्पतालमा ३० जनालाई पुर्‍याइएको छ । अहिले पनि उद्धार गरिएका व्यक्ति ल्याउने क्रम जारी रहेको र कोही पनि जीवित नरहेको अस्पतालले जनाएको छ ।

सांसद चौधरीको पहल पछि हुलाकी सडक निमार्ण योजनाको कामले गति लियो
९ पुस/नवलपरासी पश्चिम                    तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नव निर्वाचित सांसद विनोद चौधरी गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन् ।

जस अनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगर सम्मको सडक करिव १५ मिलोमिटर सडक साथै बेलाटारी देखी कठहवा सम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ ।

सांसद चौधरीले आयोजनावारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु— नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमार्ण कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै निमार्ण योजनाको कामले द्रुत गति लिएको हो ।

लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहल पछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयो ।

नारायणचोकी देखी त्रिबेणी जोड्ने रानीनगर सम्मको करिव १५ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ । हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो ।

यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रा.लीले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो ।

प्रतापपुर २ गोपीगञ्जका करिव ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखी बन्न सुरुगरेपनि खासै काम हुन सकेको थिएन् हाम्रो नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेपछि स्थानियहरु दंगपरेका छन् ।

दुवै योजनाहरुलाई काम तिब्र रुपमा अघि बढाउन निमार्ण कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विण्णुदेव पाण्डेले जानकारी दिनुभयो ।

प्रतापपुर गाउँपालिकामा अख्तियारको अन्तरक्रिया ।
नवलपरासी पश्चिम/२७ मंसिर                      अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाभित्र कार्यरत कर्मचारी, नागरिक समाज,पत्रकार र सुरक्षा निकाय लगायत पालिका स्थित सरोकारवाला को सहभागितामा मंगलबार भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्न विषयक अन्तरक्रिया कार्यक्रम समापन गरेको हो ।

प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको उपस्थितिमा भएको अन्तरक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल शाखा अधिकृत बाबुराम पौडेलले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार तथा आयोगको कार्यालयबाट सम्पादन भएका काम कार्यवाही तथा भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवद्र्नका सन्दर्भमा भएका गतिविधिको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राज्यको नीतिअनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवद्र्नात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको उहाँले बताउनु भयो ।

अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलका उपसचिव रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव अधिकारीले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवद्र्नमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुका प्रश्नको उत्तर तथा विधिको शासन र सुशासन बारे जनप्रतिनिधि र सरोकारवालाको भुमिका बारे प्रकाश पार्नु भएको थियोे ।

प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले यो कार्यक्रमले जनप्रतिनिधिको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो ।

घिमिरेले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनुपर्ने बताउँदै प्रतापपुर गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सदाचारयुक्त बनाउने अभियानमा आफूहरू लागि परेको बताउनुभयो । बार्षिक कार्यक्रम अनुसार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्भन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । कार्यक्रममा भ्रष्टाचार भनेको के हो ? भ्रष्टाचार नियन्त्रणमा पालिका जनप्रतिनिधि, कर्मचारी,नागरिक समाज,पत्रकार र सुरक्षा निकायको भुमिका बारे प्रकाश पारिएकाको थियोे ।

उक्त कार्यक्रम प्रतापपुर गाउँपालिकाको वडा नं ९ स्थित त्रिभुवन क्याम्पस बेलाटारीको गांधीहलमा सम्पन्न भएको थियोे भने कार्यक्रम संचालन आयोजक कार्यालयका नारायण प्रसाद न्यौपानेले गरेका थिए ।