नेपालगन्ज १४ मा कोरोना विरुद्धको खोप बारे घरदैलो सम्पन्न

नेपालगन्ज(मेरो सवाल) -सामाजिक बिकास मन्च बाँके को आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा जोखिम सन्चार तथा सामुदायिक सहभागिता कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा न.१४मा सबै नागरिक लाई कोरोना विरुद्ध को खोप उपलब्ध गराउने उद्देश्यले आईतवार देखि संचालन गरिएको घरदैलो अभियान आज सम्पन्न भएको छ।
आइतवार देखि सन्चालन गरिएको घरदैलो अभियान नेपालगन्ज उपमहानगरपालिका वडा न.१४ को बाबू गाउँ र भाटनपुर्वा गरि १७६ घरमा प्रत्यक्ष घर भेट गरि कोरोना विरुद्ध को खोप बारे जानकारी दिइएको साथै कोरोना विरुद्ध को खोपको महत्त्व बुझाएको संस्था ले जनाएको छ।
घरदैलो अन्तर्गत १७६ घरधुरीमा १२५ घरधुरी पुर्ण रुपमा भ्याक्सिन लगाईसकेको र ४९ घरमा परिवारका केही सद्स्य बाकी रहेको र २ घरधुरीले खोप नल्गाएको भन्दै पुर्ण खोप लगाएका लाई हरियो कार्ड,केही बाकी रहेको लाई पहेलो कार्ड साथै भ्याक्सिन नलगाएको लाई रातो कार्ड उपलब्ध गराइएको सामाजिक बिकास मंच का सिनियर फिल्ड अफिसर सहजराम यादवले बताउनु भयो।
यस भन्दा अघि गरिएको घरदैलोमा खोप लगाएका हरुले हामीले खोप महत्त्व बुझाएको र संस्था को निरन्तर अनुगमनले खोप लगाएका हरुको मात्रा बढेको वडा सद्स्य ऋषि राम बर्माले बताउनु भयो।
घर दैलो कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज मोहन देवकोटा,सामाजिक बिकास मन्चका कोषाध्यक्ष तुलसीराम बर्मा, अभियान्ता साहिल अन्सारी ,कल्पना केसि,सोनम मिश्र,प्रेरणा गिरि लगायत को सहभागिता रहेको थियो।