अर्थतन्त्रलुम्बिनी
Trending

एकाबिहानै अवैध दुई लाख बराबरको खसी बोका बरामद ।

९ माघ / नवलपरासी पश्चिम                     नवलपरासी पश्चिम प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार बिहान २ बजेको समयमा जिल्लाको सरावल गाउँपालिकन -६ स्थित बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए । उक्त पशु चौपाय अवैधरुपमा को कसले ल्याएको हो भन्ने बिषयमा समेत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button