लुम्बिनीस्वास्थ्य
Trending

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

बाँके जेठ ११ गते ।
नेपालगन्ज उपमहानगरपालिका ८ स्थित धोवी तलाउ हेर्न लायक थियो । तलाउमा बाह्रै महिना पानी भइरहने भएकोले पानीमा बस्ने चराहरुको बासस्थान पनि थियो धोवी तलाउ । तलाउमा कमलको फुल र वरिपरि बेगनबेली फुल फुल्दा यो तलाउ झनै सुन्दर देखिन्थ्यो ।

जाडो सिजनमा सिंगाडा फल्ने यो तलाउले नेपालगन्जको सुन्दरतामा थप जलप लगाएको थियो । यो तालमा धोवीले लुगा धुने भएकोले पनि धोवी तलाउ नाम राखिएको हो । चराचुरुंगीको चिरविर आवाज, कमल र बेगनबेली फुलको सुन्दरतासँगै धोवीले लुगा धुँदा यसको सुन्दरता अझै थपिएको थियो ।

तर, पछिल्लो समय यो तलाउ कुरुप बन्दै गएको छ । तलाउको संरक्षण गर्ने जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिकाले संरक्षणको साटो फोहोर फालेर थप कुरुप बनाउँदै छ । उपमहानगरले तलाउ पुर्न नेपालगन्जबाट निस्केको फोहोर यहि तलाउमा फाल्दै आएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button