डक्ट धितालको नेतृत्वमा प्रेस सेन्टर

बाँके। प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा डक्टप्रसाद धिताललाई चयन गरिएको छ । नेपालगन्जमा शुक्रबार सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा राजेश आचार्य र आलम खान, सचिव संगीन शर्मा, सह–सचिवमा केपी घिमिरे र कोषाध्यक्षमा चन्द्रबहादुर बोहोरालाई चयन गरियो ।
यसैगरी कार्यसमिति सदस्यमा पहल केसी, कविन्द्र परियार, निरज सिंह, सुदिप लामिछाने, विवेक रेग्मी, सुशिला शर्मा, विपिन खड्का,ईरफान अलि (अरसद) रङ्गरेज, शुभाखर बिक, बसन्ती परियार, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा रहेका छन् । सेन्टरको अधिवेशनमा पत्रकार सिराज खानलाई विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ ।
अधिवेशनमा वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, भिम रावत, सुशिल शर्मा, प्रदिप वाग्ले, शिव सुनार, कविन्द्र परियार लगायत पनि सम्मानित तथा पुरस्कृत भएका थिए । अधिवेशन उद्घाटन शत्रमा प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक तथा प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक मानसिंह बिक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतको अतिथी उपस्थिति रहेको थियो।



