अर्थतन्त्रलुम्बिनी
Trending

शुभेच्छा बचत तथा ऋण सहकारीको दशौ साधारणसभा सम्पन्न ।

१८ मंसिर/ नवलपरासी पश्चिम                       शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सुर्यपुराको भलिबल खेल मैदान स्थित सहकारीको साधारणसभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै सहकारी संस्था भनेको जनताको चेतनास्तर उकास्ने शिक्षालय पनि भएको बताउनु हुँदै उहाँले व्यक्तिको प्रवृत्ति र गलत कामले गाउँपालिका भित्रका केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उनले त्यस्ता कार्यमा सङ्गलन रहेका व्यक्ती वा सहकारीलाई जाच गरेर गाउँपालिकाले निकट भविष्यमा कानुनी दायरा भित्र ल्याएर कार्यवाही गरिने तयारी भइरहेको बताए । गाउँपालिका क्षेत्र भित्र ४२ सहकारी संस्था मध्ये १७ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता रहेको बताउदै प्रमुख अतिथि यादवले पछिल्लो दिन केही संस्थाले सहकारीको सात सैद्धान्तिक सिद्धान्तको तहत वित्तीय अनुशासनको पाठलाई कुन कुन सहकारीले पालना गरेको नगरेको गाउँपालिकाले नजिकबाट नियाल्दै छिटै जाच गरि कार्यवाहीको तयारी भइरहेको जानकारी दिए । वहाले सहकारीको उचित मुल्यांकन अनुसार गाउँपालिकाले सदैव सहयोग गरिरहने बताए ।

संस्थाका अध्यक्ष एवं सभाका सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सबल र सक्षम संस्थाको रुपमा निर्माण गरि सेयर सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रुपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीक करण गर्ने उदेश्यका साथ संस्थालाई अगाडि बढाएको बताए ।

संस्थाले युवा स्वरोजगार,कृषि,व्यापार,वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग र मोटरसाइकल जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा जोड दिए । उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुलाई दिदै आएको क्रिया खर्च पाच हजार र सुत्केरी स्याहार खर्च पचिस सय यो बर्ष पनि निरन्तरता दिइने बताए ।
त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए ।

सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०७८/७९ को आर्थिक प्रतिवेदन र ०७९/८० को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा करिब २१ करोडको कारोबार गरेको र ९३ लाखको खुद नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ३ हजार ८ सय ८२ जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए ।

शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको बैठकको निर्णयानुसार दशौ वार्षिक साधारणसभा पाच दिन पाच स्थानमा विभिन्न क्रियाकलाप गरि शनिवार गुठी सुर्यपुरामा अन्तिम सभा सम्पन्न गरेको हो । कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button