दुर्घटनाप्रदेश २
Trending

३२ जनाको शव भेटियो– जीवित उद्धार गरिएकाको पनि निधन

आइतबार, माघ १, २०७९
काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।खोलातिर प्लेन आएपछि हामी दौडँदै आयौँ, मन्दिर आइपुग्दा दुर्घटना भयो : प्रत्यक्षदर्शी
चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ ।
त्यसलगत्तै जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।
त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । केही शवहरु अत्यन्तै अप्ठेरो ठाउँमा रहेकाले निकाल्न कठिनाई भइरहेको छ ।अहिलेसम्म कोही पनि जीवित छैनन्,” उनले भने, “जीवितै उद्धार गरिएको भने पनि अस्पताल पुर्‍याउँदा जीवित नरहेको पाइएको छ । जहाज जटिल ठाउँमा खसेको छ । थप शव खोज्न समस्या भइरहेको छ । जीवित उद्धार गर्न सकिएलाजस्तो छैन ।
उनले अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव निकाल्न क्रेन ल्याइएको पनि जानकारी दिए । अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव खोज्न क्रेन ल्याइएको छ । क्रेनको सहायतामा उद्धारको कार्य अगाडि बढेको छ,” उनले भने ।
स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरेकाको पनि अस्पताल पुर्‍याउँदासम्म निधन भएको पाइएको उनले जानकारी दिए । गण्डकी अस्पतालले पनि आफूहरुकहाँ ल्याइएका सबै जनाको निधन भएको बताएको छ । गण्डकी अस्पतालमा ३० जनालाई पुर्‍याइएको छ । अहिले पनि उद्धार गरिएका व्यक्ति ल्याउने क्रम जारी रहेको र कोही पनि जीवित नरहेको अस्पतालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button