प्रदेश २

भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट १२० किलो गाँजा बरामद

काठमाण्डाै – पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको  एलपी ग्याँस बोकेको बुलेट​बाट एक सय २० किलो गाँजा बरामद गरेको हो ।

 

बुलेटको चालक बस्ने क्याबिन भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बरामद गरिएको गाँजासहित ट्याङ्करलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button