नेपालगन्ज, २७ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा जेष्ठ महिनाको ठूलो मंगलबारमा आज अन्तिम मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको अन्तिम ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । गौरव स्मृतिद्वारा जेष्ठ महिनाको ५ वटै ठूलो मंगलबारका दिन बृहत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिनुका साथै नगरको अन्य स्थानमा समेत आर्थिक सहयोग गरिएको संरक्षक शाहले बताउनुभयो ।
प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी, सहयोगीहरूको सहभागिता रहेको थियो ।