अर्थतन्त्रलुम्बिनी
Trending

नवलपरासी सशस्त्र प्रहरीलाई ठुलो सफलता ९० लाखको चिनी नियन्त्रणमा ।

२ कार्तिक/नवलपरासी पश्चिम                    नवलपरासी पश्चिममा ९० लाख बराबरको अबैध चिनी सहित २ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहान जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं.२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरपुरबाट सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिएको टोली र महेशपुर भन्सार कार्यालयबाट खटिएको सुब्बा मोहराज जैशीको नेतृत्वमा खटिएको संयुक्त गस्तीटोलीले ना ६ ख २१९७ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

यसैगरि आजै बिहान रामग्राम नगरपालीका वडा नं.५ स्थित परासी – भैरहवा हुलाकी मार्गमा लु १ ख ९८७१ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको चिनी सहित ट्रक आवश्यक कारवाहीको लागी सुरक्षा समेत प्रदान गरि महेशपुर भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका सुचना अधिकारी केशव राज थापाले बताए ।

सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका गणपति रुप कुमार क्षेत्रीको कडा निर्देशनमा धमाधम अबैध सरसरमान नियन्त्रणमा लिएर भन्सार पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको हो । गण मातहतका सम्पुर्ण बिओपी र कमान्ड पोस्टलाई भन्सार छलेर ल्याइएको अबैध समानहरु नियन्त्रणमा लिन कडा निर्देशन आएको एक अधिकारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button