नेपालगन्जका अजिज जसले मस्जिद र मन्दिर लाई सहयोग गरेर दिए सद्भावको सन्देश

साहिल अन्सारी/नेपालगंज-नेपालगंज सामजिक र सद्भावको शहर हो नेपालगंज शहर को सामाजिक र धार्मिक सद्भाव सम्पूर्ण मानवजातीका लागि उदाहरण लायक बनेको छ। साथै सबैका लागि अनुकरणीय रहेको छ ।
हुन् त् नेपालगंजमा बिगतका दिनमा धार्मिक रुपमा द्वन्द्व नभएको होईन तर पनि यहाँको सामाजिक अगुवा हरुले सो द्वन्द्व लाई अन्त्य गर्नका लागि खेलेको भूमिका सबैका लागि प्रेरणाको स्रोत बन्यो।
नेपालगन्जमा सामजिक सद्भाव लाई कायम गर्नका लागी यस क्षेत्रका सामजिक अगुवा,धार्मिक अगुवा र सक्षम र शिक्षित युवा हरु अहोरात्र काम गरेको देखिन्छ। जसका कारण यस क्षेत्रमा अहिले पनि हिन्दु मुस्लिम सिख ईसाई आपसमा भेटघाट गरि चियाको चुस्की लिएको देख्दा सबैको मन हर्ष र खुशीले गदगद भएको देखिन्छ।
पछिल्लो क्रममा सामजिक सद्भावलाई कायम गर्न र सामाजिक बिकृति विसंगतिलाई रोक्नका लागि युवा जमात निकै क्रियाशील देखिन्छ ।जस का कारण नेपालगंजमा बिकासका गतिबिधी अझै सरल र सहज हुदै गएको अगुवा हरु बताउछन।
सोहि मध्येका नेपालगंज उपमहानगरपालिका वडा न.५ निवासी अजिज मलिक हलवाई एक हुन् अजिज एक समाजसेवी हुन् जसले बिभिन्न परिस्थितिमा सामाजिक क्रियाकलापका गतिविधिमा अग्रपंगतिमा देखिन्छन अजिज एक समाजसेवी युवाको रुपमा नेपालगंजमा चिनिदै आएका छन् ।
हालै केहि दिन अगाडी अजिजले आफ्ना बुवा अब्दुल हमिद हलवाई साथै आमाको ३३ औ बैवाहिक बर्षगाठको अवसरमा एक उदाहरण काम गरेका छन्। नेपालगंज उपमहानगरपालिका ५ मा रहेको शिव मन्दिरको रंगरोगन र सोहि ठाउँको फैजाने रमजान मस्जिदको सौन्दर्यकरण अर्थात झ्याल ढोका लगाउने गराउने काम गरेका छन्। जस बाट आपसी भाईचारा शान्ति र सहिष्णुता कायम गर्नका कोसेढुंगा साबित भएको छ।
अहिले अजिजले गरेको कामको चौतर्फी रुपमा प्रशंसा भएको देखिन्छ ।उनको यस्तो सामाजिक र धार्मिक कामको कारण वहा चर्चाको पात्र समेत बनेका छन् नेपालगंज ५ निवासी शिव मन्दिरका पुजारी नवराज पाठकका अनुसार मुस्लिम युवाले यसरी हिन्दु धार्मिक स्थललाई सौन्दर्यकारण गराएको भन्दै वहाले प्रशंसा गर्नु भयो। अहिले समाजका बिभिन्न किसिमका द्वन्द्व सिर्जना भएता पनि अजिजको कामले अहिलेका युवाहरुको लाई एक उदाहरण बनेको पुजारी पाठकको भनाई छ।
त्यसै गरि मुस्लिम समुदायको पवित्र महिना रमजान नजिकिदै गरेको अवस्था नजिकको फैजाने रमजान मस्जिदको ढोका लगाएको हुदा आफु हरुलाई रमजान महिनामा नमाज पढन अझै सहज हुने स्थानीयले बताएका छन्।
यो काम कसरी सम्भव रह्यो भन्ने बिषयमा जानकारी लिनको लागि हामीले अजिज मालिक संग कुराकानी गरेका छौ कुराकानीको संक्षिप्त भाग-
यो काम गर्ने प्रेरणा कहाँ बाट प्राप्त गर्नु भयो?
म एक मुस्लिम समुदायको युवा हो तर हामीले सबैको धर्मको सम्मान गर्दछौ हामीले यो कुरा हाम्रा अग्रजले सिकाएका छन् र मेरो आफ्नै टोलको धार्मिक स्थलको रक्षा र सौन्दर्यकरण गर्नु मैले आफ्नो दायित्त्व बुझेर मैले यो कामको थालनी गरे।
अहिले यो काम गरेर कस्तो महसुस भएको छ ?
यस्तो काम गरेर मलाई एकदम आनन्द महसुस भएको छ यसरि आफ्नो ठाउँका सार्वजनिक सम्पत्तिको सरक्षण गर्न पाउदा निकै हर्षित भएको छु मैले गरेको कामको सबै तिर प्रशंसा भएको सुन्दा मलाई अझै यस्ता सामाजिक गतिबिधि गर्न प्रेरणा र प्रोत्साहित गरेको छ ।
काम गर्दा कस्ता किसिमको चुनौतीको सामना गर्नु पर्यो?
नेपालगंज सामजिक सद्भावको शहर भनिएता पनि अहिले पनि यो शहरमा सद्भाव लाई बिथोल्नका केहि पात्र र तत्त्व हरु सक्रिय भएको देखिन्छ छिमेकी राष्ट्र भारतमा देखिएका दृश्यका केहि झझल्को यता समेत देख्न मिलिरहेको छ जसका कारण कतै मेरो कामले गलत असर र प्रभाव त् पर्दैन भन्ने डर चाही पक्कै थियो यदपि मैले बिभिन्न ब्यक्त्तिव हरु संग सलाह गरे र चुनौतीको सामना गर्दै यो कामलाई अन्जाम दिए।
आम सर्वसाधारण नेपालगंजवासी र युवाहरु लाइ के संदेश दिनुहुन्छ?
हाम्रो शहरको सामाजिक सद्भाव सबैको लागि प्रेरणादायी रहेको छ यसलाई बचाउन हामि सबैको जिम्मेवारी र दायित्त्व हो जहाँ सबिधानमा अधिकारको कुरा उल्लेख गरिएको छ त्यहाँ नागरिक कर्तब्य को कुरा समेत उल्लेख गरिएको छ। सो हामीले यसलाई मनन गरौ बुझौ र बिभिन्न भ्रम लाई चिरेर सामजिक रुपान्तरणका काम लाई अझै प्रभावकारी तबरले अगाडी लैजानु पर्छ ।धन्यवाद।