नेपालगन्ज ४ मा माओवादीको प्रचारप्रसार तिब्र,गणेशपुरमा पनि सम्पर्क कार्यालय उद्घाटन

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको चुनावी प्रचारप्रसारका लागि नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को गणेशपुर मा समेत सम्पर्क कार्यालय स्थापना गरिएको छ।
आज आयोजित एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सद्स्य अन्जना चौधरीको प्रमुख अथित्य्ता सम्पर्क कार्यक्रम उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले स्थानीय चुनावमा माओवादी केन्द्र लाई बिजय गराउन अति आवस्यक रहेको र मुलुकको भबिष्य माओवादी केन्द्रको काधमा रहेको जिकिर गर्दै स्थानीय तहको आउदो बैशाख ३० गतेको निर्वाचनमा सक्रिय रुपमा लाग्न समेत आग्रह गर्नु भयो।
नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का उम्मेदवार गोपाल पुनले जनताको बिचमा गरेका बाचा चुनाव पश्चात् हुबहु पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। नेता पुनले भने हामी जनताको सेवक भएर काम गर्न चाहान्छौ,जनताको ईच्छा अनुसारका योजना ल्याउने समेत जनाएका छन।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता झुमा बिक, तारा खत्री, लगायत जिल्ला तथा नगरका शिर्ष नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।