सेनेटरी प्याड निशुल्कको माग गर्दै कोहलपुरमा प्रदर्शन स्थानीय तहले गर्यो बेवास्ता

कोहलपुर/सरकारले सेनेटरी प्याडमा गरेको मुल्य बृद्धिको बिरुद्धमा कोहलपुर नगरपालिकाका युवाहरुले बिरोध जनाएका छन् । आज कोहलपुरका युवा अभियान्ताहरुले सांकेतिक बिरोध प्रर्दशन कार्यक्रम गरिएको युवा अभियान्ता सृजा बिसिले जानकारी दिईन् ।
कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई जानकारी गराउँदा मेयर कार्य व्यस्तताका कारण बाहिर भएको र उपमेयर सन्जुकुमारी थारु पनि कार्य ब्यस्तताका कारण समय दिन नसकेकोमा युवाहरु आक्रोशित भएका थिए ।
कोहलपुर नगरपालिकाका कर्मचारीहरुले पनि युवाहरुको ध्यानाकर्षण पत्र नबुुझी बेवास्ता गर्दा करिब २ घन्टा सम्म अभियान्ताहरु कोहलपुर नगरपालिकाको शाखामा प्रतिक्षा गरिरहेको अभियान्ता श्वेता गुरुङ्गले गुनासो गरिन् ।
।
नगरपालिकाका अन्य शाखाका प्रमुख पनि सो विषयलाई हल्काको रुपमा लिएका थिए । जनप्रतिनिधि र कर्मचारीले बेवास्ता गर्दा अभियान्ता आक्रोशित भएका थिए । अभियान्ताहरु आक्रोशित भए पछि कोहलपुर नगरपालिका मुर्दावाद , महिला अधिकार सुनिश्चित गर भन्दै चर्को नाराबाजी गरेका थिए ।
यसरी अन्तमा कोहलपुर नगरपालिकाका आर्थिक प्रमुख बिर बहादुर विक र स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले धेरै अनुरोध गरेपछि मात्र ज्ञापन पत्र बुुझेका थिए । यसरी कोहलपुर नगरपालिकाले महिला,बालबालिकाहरुको सवाललाई बेवास्ता गर्नु लज्जास्पद भएको युवा अभियान्ताहरुको भनाई छ ।