
भदौ २७,नेपालगंज-सयपत्री फाउन्डेसनको आयोजनामा हुन् गैरहेको मिस्टर नेपालगंज सिजन-२ को मेगा अडिशन शनिवार नेपालगंजमा सम्पन्न भएको छ यस अघि फाउन्डेसनले भर्चुवल माध्यम मार्फत अडिशन सम्पन्न गरिसकेको समेत आयोजक प्रेमा ओलीले जानकारी दिनुभएको छ उक्त भर्चुअल अडिसनबाट छानिएका ६ जना संगसंगै शनिवार भएको अडिसनबाट पनि ६ जना प्रतिस्पर्धीले अघिल्लो चरणमा प्रवेश गर्ने भएका छन
सो अडिशनका निर्णायक हरु साहिल अन्सारी, सन्ध्या शाह ठकुरी , प्रेणा नेपाली र योग्य बराइलीको प्यानलले प्रतिष्पर्धी को कलालाई उच्च मुल्याकान गर्दै निष्पक्ष नतिजाको आधारमा ६ जना छानिएको भन्दै निर्णायक मण्डल बाट साहिल अन्सारीले जनाउनु भयो छानिएका प्रतिस्पर्धीहरुको लागि असोजको पहिलो साता बाट तालिमको व्यवस्था गरिएको आयोजक ओलीले जनाउनु भएको छ