लुम्बिनी

माओवादी नेता गोपाल पुनले गराए मुस्लिम समुदायलाई रोजा ईफ्तार

नेपालगन्ज -नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फ बाट नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को अध्यक्ष पदको उम्मेदवार गोपाल पुनले मुस्लिम समुदायको चलिरहेको पबित्र महिना रमजानको अवसरमा मुस्लिम समुदाय लाई रोजा ईफ्तार गराएका छन।
नेता पुनले नेपालगन्ज ४ को घोषी टोलमा रोजा इफ्तार गराएका छन।
रोजा ईफ्तार कार्यक्रममा बोल्दै उम्मेदवार पुनले आफुले यस्तो पबित्र महिनामा शुभ काम गर्न पाउँदा निकै खुसी ब्यक्त गरेका छन।
अध्यक्षका उम्मेदवार गोपाल पुनका अनुसार नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा सबै धर्म जात वर्ण बराबर भएको जिकिर गर्दै सबै समुदाय लाई एकसाथ लिई एकता शान्ती सद्भावको सन्देश दिइएको बताउनु भयो। साथै सबैको साथ सहकर्य र सहयोगले मात्र बिकास सम्भव हुने बताएका छन।
अध्यक्षका उम्मेदवार गोपाल पुनले गरेको काम प्रती स्थानीय वासीले समेत निकै हर्ष र खुशी ब्यक्त गरेका छन।

रोजा ईफ्तार कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नगर स्तरका नेता कार्यकर्ता लगायतको भब्य उपस्तिथि रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button