
१४ कार्तिक / नवलपरासी पश्चिम नवलपरासीमा नारायणी नदि किनार स्थित नर्सही घोलामा डुगां डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउंपालिका वडा नं ४ गोकुलनगरको नसर्ही खोलाको घोला पारि पटनहिया स्थित डुंगा डुब्दा सो दुर्घटना भएको हो । सुस्ता गाउंपालिका वडा नं ४ मा पिकनिक खान गएका युवाहरु चढेको डुगां दुर्घटना हुदा सुस्ता गाउंपालिका ४ का २२ वर्षिय गुडडु हरिजन ,सोही स्थानका १८ बर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले जानकारी दिए । डुंङ्गामा सवार ३ जना घाईते भएका छन् । उनिहरुको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भइरहेको जिल्ला प्रहरीका सुचना अधिकारी भोजराज पाण्डेले बताए ।
घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहानी घाईते छन् । पिकनिक जान गएका युवाहरु चढेको डुंगा एक्कासि डुबेको हो । नारायणी नदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ । दुई जना भने सुरक्षित घर फर्किसकेको प्रहरीले जनाएको छ ।