लुम्बिनी
Trending

नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ ।

३ कार्तिक / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी सहायक निरिक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा बिहिवार बिहान ७ बजे देखी १० वजे खटीएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागू औषध पक्राउ परेको हो ।

दक्षिणवाट उत्तर तर्फ आउदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटर रोकी रितपुर्वक चेकजाँच गर्दा स्कुटर चालक रूपन्देही जिल्ला को तिलोत्तमा नगरपालिका वडा नं १ घर भएको ४० बर्षिय रूद्र बहादुर कार्कीको शरिर खोजतलास गर्दा लागू औषध भेटिएको हो ।

कार्कीको शरीरको तल्लो भागमा निलो रंगको जिन्सको पाईन्टको बाँया खल्तिमा कालो प्लाष्टिक भित्र लुकाई राखेको पोकाहरुमा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ निकाली एकै ठाउमा मिसाई प्लाष्टिक रहित तौल गर्दा २९ ग्राम फेला परेको थियो ।

निज रुद्र बहादुर कार्कीसंग लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, स्कुटरमा बरामद गरी लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button