नेपालगन्ज क्याम्पस ले गर्यो स्वागत तथा बिदाई कार्यक्रम

नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले आज एक कार्यक्रम आयोजना गर्दै आफ्ना बिधार्थीलाई स्वागत एबम बिदाई गरेको हो। बिदाई हुने मा आफ्नो CSIT को अध्यन सकेका २०७४ ब्याचका २२ जना बिधार्थी थिए भने स्वागत हुनेमा CSIT र BCA गरि ६३ जना नव आगन्तुक बिधार्थी रहेका थिए।
नृत्य, गित संगीत , मुक्तक, स्टयान्ड अप कमेडी जस्ता रमाइलो प्रस्तुतीको बिचमा उत्कृष्ट बिधार्थीको सम्मान कार्यक्रमले कार्यक्रमलाई रमाइलो बनाएको थियो।
“प्रत्येक बर्षमा क्याम्पसको परिवार ठूलो हुँदै गएको र क्याम्पसले हरेक बर्ष सबल जनशक्ति राष्ट्रलाई प्रदान गरिरहेको” भन्दै उक्त कार्यक्रमका संयोजक अङ्कित श्रीवास्तबले खुसी व्यक्त गरेका थिए।
अध्यन सङै खेलकुदलाई पनि जोड दिनुपर्छ भन्ने उदेश्यले खेल सप्ताह सन्चालन गर्दा विभिन्न खेलमा विजयी खेलाडीलाई पुरस्कृत पनि गरिएको थियो।
“नयाँ विधार्थीलाई सहृदय स्वागत , बिदाइ भएर जाने सम्पुर्णलाई क्याम्पस परिवारले कहिल्यै न बिर्सिने र उज्ज्वल भबिस्यको कामना गर्दै” उक्त क्याम्पसका प्रमुख तथा कार्यक्रमका अध्यक्ष निशान्त कुमाए शाक्य जि ले कार्यक्रम सकिएको घोषणा गरेपछी खानपिनको कार्यक्रम गर्दै कार्यक्रम सकिएको थियो।



