
२२ मंसिर /नवलपरासी पश्चिम चौधरी फाउन्डेसनले महिलाहरूलाई लक्षित गरेर पश्चिम नवलपरासीको विभिन्न तिन स्थानमा आयोजना गरेको निशुल्क पाठेघरको प्याब परिक्षण शिविरबाट करिव ६ सय महिलाले परिक्षण सेवा लिएका छन् ।
चौधरी फाउन्डेसनको प्राविधिक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेड गंगा बस्तीको आयोजना र सुस्ता गाॅउ पालिका वडा नम्बर -५ को कार्यालय तथा बर्दघाट नगरपालिका वडा ४ मा रहेको समुन्नत महिला मंचको सहजीकरणमा जिल्लाको विभिन्न
क्षेत्र मध्ये बर्दघाट नगरपालिका वडा नम्बर १४ को गंगा बस्ती , सुस्ता गाॅउपालिकाको पकलिहवा र बर्दघाट नगरपालिका वडा नम्बर-४ मा महिलाहरुको पाठेघर परिक्षण अन्तर्गत महिलाहरुको प्रजनन अंगमा क्यान्सर छ छैन भन्ने पत्ता लगाउने प्याब परिक्षण गरिएको हो । यस परिक्षणबाट बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु लाभान्वित भएको फाउण्डेसनका सचिव सारिका चौधरीले जानकारी दिदैं आगामी दिनमा पनि चौधरी फाउंडेशन सदैव जनताहरूकै साथ रहने कुरामा विश्वस्त रहन अनुरोध गर्नु भयो। ” हामीले देशै भरि विभिन्न खाले सामाजिक कार्यहरू गर्दै आएका छौ अब हामी हाम्रो सामाजिक सेवाका कामलाई नवलपरासीका जनताहरू प्रति अझ बढी लक्षित रहेर गर्ने छौ” उहॉले भन्नु भयो फाउन्डेसन
सधै जनताहरूकै सेवामा तल्लिन रहन स्थापना गरिएको हो। हामी अझ बढी सेवा दिने काममा पक्कै लाग्ने छौ।
चौधरी फाउन्डेसनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा ति तीन स्थानमा करिव ६ सय जना महिलाहरुले उपचार गराउनु भएको उपचारमा संलग्न डाक्टर प्रविश पौडेल ले जानकारी दिनु भयो। हाम्रो टीम काठमाडौँ भैरहवा र चितवन गरि तिन स्थान बाट आएर यहॉका महिलाहरूलाई परिक्षण गराएका हौ। उहॉले भन्नु भयो परिक्षण गराएका महिलाहरु मध्ये ५० जना महिलाहरु को रिपोर्ट पोजेटिभ आएको र उक्त रिपोर्ट काठमाडौँ को ल्याबमा अन्तिम परिक्षण गरे पछि क्यानसर भएको या नभएको पूर्ण रुपमा थाहा हुने पनि टिम लिडर डा. प्रविश पौडेलले बताउनुभयो ।
सुस्ता गाउँपालिकाका वडा न. ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले यस्ता खाले परिक्षणबाट टाढा रहेका अति बिपन्न खाले महिलाले हरुले यो खाले परिक्षण गराउन पाएकोमा खुसि जनाउदै चौधरी फाउन्डेसन ले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्नेमा कुरामा विश्वास लिएको बताउनुभयो ।
यो कार्यक्रमको मुख्य आयोजक रहेको चेतना महिला कृषि सहकारी संस्था लिमिटेड कि अध्यक्ष कमला पराजुली का अनुसार चौधरी फाउन्डेसनले यसरी नयाॅ खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु यस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुसि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम हरु फाउन्डेसन ल्याउने छ भन्नेमा बिस्वास्त रहेको जनाउनु भयो
बर्दघाट ४ मा रहेको सम्मुनत महिला मंच नेपाल कि अध्यक्ष दिल कुमारी कुँवरले यस्ता खाले परीक्षण फेरीफेरी पनि फाउन्डेसनले यसै खाले र अझ उच्च स्तरका कार्यक्रम गर्ने आशा राख्नु भयो । महिलाहरुको पाठेघर प्याब परिक्षण मा सहभागी भएका महिलाहरु “हिजो आज महिलाहरु विभिन्न खाले क्यान्सर बाट पीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तो छ भनेर आफ्नै घर आॅगन मा परिक्षण गराउन पाएका छौ।” उहॉहरूले यस सेवा बाट ऑफुहरू खुसि रहेको बताउदै चौधरी फाउन्डेशन र स्थानीय सहयोगी संस्थाहरू लाई धन्यबाद दिनु भयो ।
पछिल्लो समय चौधरी फाउण्डेसनले नवलपरासीका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा संलग्नता देखाउदै आएको छ ।यस अगाडी पनि फाउन्डेसनले बिभिन्न स्थानमा जाडोको कपडा बिबरण गर्ने देखि लिएर बर्दघाट नगरपालिका वडा नम्बर २ को बिकट मानिने सुखौरामा रहेको प्रगतिशिल आमा समुहलाइ सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई निशुल्क सिलाई बुनाइ तालिम दिई रहेको छ ।