स्वास्थ्य
बालबालिकाका लागि खोप उपलब्धता बढाउन अन्सारीको आग्रह

नेपालगन्ज- बालअधिकारकर्मी साहिल अन्सारीले बालबालिका हरुका लागि खोपको उपलब्धता तत्काल बढाउन सरकार लाई आग्रह गरेका छन।सोमबार नेपालगन्जमा आयोजित नेपाल युवा क्लबको नगर तथा जिल्ला भेला लाई सम्बोधन गर्दै यस्तो बताएका छन।कोभिडको महामारी अहिले पनि कायम रहेको भन्दै उमेर पुगेका हरेक बालबालिका लाई खोप पुर्याउनु जरुरी रहेको जिकिर गर्नु भयो।बिगत केही दिन अगाडि १२ बर्ष भन्दा माथिका बालबालिका लाई खोप लगाइएको साथै अब निश्चित रुपमा स्वास्थय केन्द्रमा बालबालिकाको लागि खोप प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।