नेपाल युवा क्लवद्धारा किंगरियनपुर्वामा स्वास्थ्य शिविरमा चार सय जनालाई परामर्श

नेपालगन्ज : नेपाल युवा क्लब बाँकेले स्वास्थ्य चेकजाँच शिविर ंसंचालन गरेका छ । नेपाल युवा क्लव केन्द्रिय कार्यालयको आयोजनामा र सिफा प्याथोलोजी नेपालगन्ज बाँकेको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ किंगरियनपुर्वामा शनिवार स्वास्थ्य चेकजाँच शिविर ंसंचालन गरिएको हो ।
स्वास्थ्य चेकजाँच शिवीरमा नेपालगन्जका एम.बी.बी.एस (के.यु) हार्ड जोर्नी नशा , मेरुदण्ड तथा बाथरोग बिशेषज्ञ डाक्टर सैयद सदाम र एम.डी.एम.एस (प्लाष्टिक सर्जरी) बरिष्ठ प्लाष्टिक एण्ड सर्जन बिशेषज्ञ डाक्टरहरुद्धारा चेकजाँच गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका २२ नं. वडा स्थितमा दुर्गम क्षेत्रमा रहेको किंगरियनपुर्वा गाउँमा स्वास्थ्य शिविर संचालन गरिएको पहिलो शिविर रहेको स्थानियबासी जयरुल्ला किंगरियाले जानकारी गराउनुभयो ।
यसरी आफ्नो घर नजिकै स्वास्थ्य शिविर संचालन रही शिविरबाट सेवा लिन पाउँदा स्थानियवासी किङगरिया हर्षित भएको बताउँनुहुन्छ । नगरपालिकाकै बिगत ठाउँ रहेको किंगरियनपुर्वामा यातायातको सुबिधा स्वास्थ्य चौकी व्यवस्था नभएकाले गम्भिर बिरामीलाई मात्र बजारतिरको अस्पताल लगिने उहाँले जानकारी गराउनुभयो ।