
नेपालगन्ज ७ असोज
भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष सकिल अहमद जसगढले शुक्रबार पदभार ग्रहण गरेका छन।अस्पतालले आयोजना गरेको स्वागत तथा पदभार कार्यक्रम लाई बोल्दै अध्यक्ष जसगढले आफू केही लिन भन्दा पनि अस्पताल विकास समिति को अध्यक्ष पदमा रहेर गरिव,दुखि विरामीले ुसर्वसुलभ रुपमा गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भनेर लाग्ने वताए ।आफ्नो एक मात्रै उद्धेश्य भेरी अस्पताल लाई लुम्बिनी ,कर्णाली ,र सुदूरपश्चिम को नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको वताए ।आफू यस क्षेत्रमा नयाँ रहेकोले सवैको राय,सल्लाह ,सुझाव लिएर नै अगाडि वढ्ने वताए । सो अवसरमा आफ्नो बावुको सम्झना मा अस्पताल परिसरमा संचालनमा रहेको सुलभ रुपमा विरामी,र तिनका कुरुवाहरुलाई खाना खुवाउने अन्जली रेसोइ एक दिन को सम्पूर्ण खर्च रु २५ हजार ८ सय दिएका थिए। कार्यक्रम मा अस्पताल का प्रमुख डा वद्री चपागाईले अस्पताल को वारेमा वताउदै अस्पताल को अवलोकन समेत गराएका थिए। सो अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइरालाले अस्पताल लाई आवश्यक पर्ने ,उपकरण ,जनशक्ति उपलब्ध गराउन स्थानीय तह देखि केन्द्र सम्म पहल गर्ने वताए ।कार्यकर्मा नेपालगन्जका उद्योगी ,व्यापारी ,समाजसेवीहरुुको उपस्थित रहेको थियोे ।




