लुम्बिनी

शान्ती र सद्भाव सहित भब्य रुपमा मुर्ती बिसर्जन

बडादशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति शनिवार विसर्जन गरेका छन् ।
तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लाका दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई डुडुवा गाउँपालिका वडा नं. ४ कम्दीस्थित राप्ती नदी विसर्जन गरिएका छन् ।हिन्दू धर्मावलम्बीले मनाइने वडादशैमा अन्य धर्मावलम्बीहरुले सौहाद्रपूर्ण वातावरणमा दशैं मनाएका छन् ।नवदुर्गा भवानीको नौ दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्नको लागि समाजका अगुवाहरुको स्थानीय स्तरमा समन्वय र सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button