लुम्बिनी

दाङमा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक

दाङ-दाङमा एक १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा ती बालिकामाथि सामूहिक बलात्कार भएकाे बताइएकाे छ ।

गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकालाई पानीपुरीकाे प्रलाेभन देखाई दुई युवाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button