अर्थतन्त्रलुम्बिनी
Trending

सशस्त्रका एसपी क्षेत्रीको कडा निर्देशन, बरामद हुँदै अवैध चिनी ।

१६ मंसिर /नवलपरासी पश्चिम                        सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हरपुर, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुजहवा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प परासी र ईलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त गस्ती टोलिले भारतबाट भन्सार छलि ल्याउदै गरेको चिनि नियन्त्रणमा लिएको हो । नवलपरासी पश्चिम जिल्लाको रामग्राम नगरपालिका वडा नं १७ पटखौली बाट लु १ ज ४००४ नम्बरको पिकअपमा अवैध रुपमा भारत बाट भन्सार छलि ल्याउदै गरेको १७ लाख एक हजार बराबरको ३ हजार किलो चिनि नियन्त्रणमा लिएको हो । लु १ ज ४००४ नम्बरको पिकअपमा अवैध रुपमा भारत बाट भन्सार छलि ल्याउदै गरेको १७ लाख १ हजार बराबरको ३००० किलो चिनि र पिकअप र सवारी चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गण बेलाशपुरका सुचना अधिकारी एवं डिएसपी केशवराज थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी प्रमुख एसपी रुप कुमार क्षेत्रीले जिल्ला मातहतमा रहेका सबै बि.ओ.पि र बेश क्याम्प युनिट इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।
एसपी क्षेत्री कै कडा निर्देशनमा नवलपरासी पश्चिम मा १७ लाख १ हजार मुल्य बराबरको पिकअप सहित अवैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button