लुम्बिनी
डाक्टर किदवाई समाज सेवाश्री पदक बाट विभूषित

नेपालगंज- नेपालगंज मेडिकल कलेजमा कार्यरत डा आसिम किदवाई समाज सेवाश्री पदक बाट विभूषित हुनुभएको छ सातौं संबिधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले किदवाई लाई विभूषित गरेको छ कोरोना महामारी को बेला प्लाज्मा थेरापी बिधि मार्फत कोभिड-१९ बिरामीको उपचार गरेको भन्दै प्रदेश सरकारले डा किदवाई विभूषण प्रदान गरेको सुचनामा उल्लेख गरिएको हो
डा आसिम किदवाई यस क्षेत्रकै प्रख्यात समाजसेवी चिकित्सकको रुपमा समेत चिनिदै आउनुभएको छ