भोलि नेपालगंजमा नागरिक आन्दोलन
नेपालगंज- नेपालगंजमा भोलि नागरिक आन्दोलन हुने भएको छ। भाद्र ७ गते नेपालगंजको त्रिभुवन चौक नजिक मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएकी अनाबियाको न्यायको निम्ति बिहिवार दिनको १ बजे त्रिभुवनचौकमा बृहत नागरिक आन्दोलन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
एक महिना बितिसक्दा समेत प्रशासनले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै परिवारले १ महिना पुगेको अवसरमा दबाबमूलक कार्यक्रम गर्न लागिएको मृतक बालिकाको ठुलो बुवा अलताफ हुसैन राइले बताउनु भयो। राईको अनुसार दोषीको खोज अनुसन्धान कार्यलाई तिब्रता दिइयोस, परिवार लाई सरकारको तर्फ बाट उचित क्षतिपूर्ति प्रदान गरियोस, नेपालगंजको सिसिटिभी क्यामराको मर्मत कार्य गरियोस साथै ट्राफिक व्यवस्थापन कार्यलाई थप स्तरीय बनाइयोस भनि माग समेत गर्नु भएको छ।
पत्रकार सम्मेलनमा बोल्दै मृतक बालिका कि बुवा ईमरान राइले भोलि हुने आन्दोलनमा सम्पूर्ण आम सर्वसाधारणलाई गैरराजनीतिक रुपमा सहभागी हुन् आग्रह समेत गर्नुभयो ।