लुम्बिनी
बाघको आक्रमणमा परि एक जनाको मृत्यु, स्थानीय त्रसित

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको स्थानीयले जनाए । बाँके निकुन्जका प्रमुख संरक्षण अधिृकत श्याम शाहले पुर्बी गाभरमा बाघ देखेपछि स्थानीयलाई सर्तकता गराइएको थियो । र, बाघको आनीबानी जानकारी पाउँन क्यामरा राखिएको थियो । तर भारतीय नागरिकलाई बाघले निकुन्ज क्षेत्रमै आक्रमण गरेर मारेको हो । उनको शव आज बिहान फेला परेको छ । मृतक भारतीय नागरिक सुस्त मनस्थितीका रहेको र लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए ।