लुम्बिनी
कोभिडको तेस्रो लहरको सामना गर्न सबै जुट्न आवस्यक -अन्सारी

नेपालगन्ज- बालअधिकारकर्मी साहील अन्सारीले कोरोनाको बढ्दो तेस्रो लहरको सामना गर्न सबै तयार हुन बताएका छन।नेपाल युवा क्लबको आज पद सम्मान कार्यक्रममा बोल्दै अन्सारीले यस्तो बताएका छन।कोभिड १९ को तेस्रो लहर एकदमै तिब्र गती र दैनिक रुपमा बढी मात्रामा बढिरहेको बेला बिगत जस्तै क्षती रोक्नका निम्ति आम सर्वसाधारण सजग हुन जरुरी रहेको बताउनुभएको छ।कोभिड रोक्नको लागि कोभिड विरुद्धको खोप सबै नागरिक माझ पुर्याउनुको साथै बालबालिकाको लागि खोप छिट्टै उपलब्धता बढाउन सरकार सङ आग्रह समेत गर्नुभएको छ।सरकारले कोरोनाको लहर रोक्नको लागि एकदमै संबेदनसिल भई नाकामा कडाइ गरि स्वास्थ्य मापदण्ड एकदम कडाईका साथ पालना गर्न गराउन जरुरी रहेको समेत वहाँले जिकिर गर्नुभयो।




