न्याय माग्दै सडकमा,माग पुरा नभए कडा आन्दोलन चर्काउने चेतावनी

नेपालगंज- अनाबिया राई दुर्घटना प्रकरणलाई लिएर आज नेपालगंजमा बृहत नागरिक आन्दोलन भएको छ ।भाद्र ७ गते नेपालगंजको त्रिभुवन चौक नजिक मोटरसाइकलको दुर्घटनामा परि मृत्यु भएकी राइको दोषीलाई प्रहरी प्रशासनले एक महिना बितिसक्दा पनि पक्राऊ गरि कारवाही गर्न नसकेको भन्दै नागरिक आन्दोलन गरिएको बक्ताहरुको जिकिर रहेको छ
कोणसभा लाई सम्बोधन गर्दै अधिकारकर्मी साहिल अन्सारीले नेपालगंज नगर क्षेत्रमा जडान गरिएका सिसि क्यामरा लाई तत्काल मर्मत सम्भार गर्न अपिल गर्नुभयो अन्सारीका अनुसार सिसिटिभी संचालन भएको भए अनुसन्धानमा थप मद्दत पुग्थ्यो भनि बताउनु भयो साथै वहाले अनाबिया राई प्रकरण लाई खोज अनुसन्धानमा शिघ्रता देखाउन समेत् ध्यानाकर्षण गराउनुभयो हाम्रो माग पुरा नभएको खण्डमा ठुलो आन्दोलन समेत चर्काउने चेतावनी समेत दिएका छन् न्याय माग्दै सडकमा,माग पुरा नभए कडा आन्दोलन चर्काउने बताउनुभयो।
युवा अभियान्ता सोएब अन्सारीले भन्नु भयो यो शान्तिपूर्ण आन्दोलन हो यदि हाम्रो माग सम्बोधन नगरिएको खण्डमा आन्दोलनले उग्र रुप लिन सक्ने जिकिर गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी शहिदा बानो शाहले न्यायको लागि सडक तताउनुपर्ने बाध्याताम्क परिस्थितिको अन्त्य गर्न माग गर्नुभयो साथै जडान गरिएको सिसि क्यामरालाई छिटो भन्दा छिटो मर्मत सम्भार गर्नमा जोड दिनु भयो ।
सामाजिक अभियान्ता प्रकाश कुँवरले बोल्दै भन्नुभयो आज हामि कम संख्यामा उपस्थित भएका छौ भोलि हाम्रो माग पुरा नगरिएको खण्डमा ठुलो मात्रामा उपस्थित भई आन्दोलन चर्काउने बताउनु भयो
मृतक बालिकाको ठुलो बुवा अलताफ हुसेन राईका अनुसार आफुहरुले पटक पटक प्रहरी प्रशासन समक्ष जादा कुनै चासो नदेखाएको भन्दै आज आन्दोलनमा उत्रिनु परेको बताउनु भयो आफु हरुले राखेको माग पुरा नभए अब उग्र रुपमा आन्दोलन गरिने समेत प्रशासन लाई चेतावनी दिनु भयो ।




