
13 कार्तिक / नेपालगन्ज आगामी मंसिर ४ मा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं.३ क प्रदेश अन्तर्गत बैजनाथ २ बौद्ध गुम्बा पितमारी र बैजनाथ ३ प्लानचोक गाभरमा सयुक्त लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोर सिंह राठाेर र क प्रदेश सभा सदस्य पदका उम्मेदवार दल बहादुर सुनारले वडा भेला सम्बोधन गरेका छन् ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार आशा बि क प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार बिनोद कुमार थारु नेकपा माओवादी केन्द्र जिल्ला संयोजक डम्मर बहादुर बि क (तुफान)नेपाली काङ्ग्रेस महासमिति सदस्य मेघराज ओली प्रकाश बहादुर शाही निर्मला रोकाय महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री पालिका सभापति देब बहादुर के सि नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क सचीव मिरा कार्की नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य मन कुमारी चन्द गाउँ पालिका अध्यक्ष खडग बहादुर रजाली मगर सचीव राजु बि सि लगएत युवा संघ तरुण दल वाइसीएलका पालिका प्रमुख लगाएत नेता कार्यकर्ता र स्थानीयहरुको उपस्थितिमा बौद्ध गुम्बा र प्लानचोक गाभरमा जन भेटघाट कार्यक्रम सम्पन्न भएको प्रदेश क सभापति एवं प्रचारप्रसार संयोजक केशव शाहले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रदेश क प्रदेश सभा सदस्य पदका उम्मेदवार दल बहादुर सुनारले स्थानीयहरुको समस्या समाधान गर्न स्थानीय तह जिताउनुभएको छ अब प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई मतदान गरेर बिजय बनाउन स्थानीयलाई अपिल गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोर सिंह राठाेरले आफू सम्पती कमाउन घर बनाउन अथवा मोटर चढ्न आफुले राजनीति गरेको हैन।मैले जे बोल्छु त्यो गर्छु र नेपाली काङ्ग्रेस त्यही गर्दै आएको बि पि को सिद्वान्त बोकेको पार्टी भएकोले धेरै बोलेर हैन आफुले काम गरेर देखाउने बताउनुका साथै बैजनाथ २ र ३ मा रहेको नौवस्ता औद्योगिक क्षेत्रको बिकास निर्माण ध्रुत गतिमा लिने र स्थानीय नागरिकको उचित ब्यवस्थापन सहित कुल ५२५ घर धुरीलाई ब्यवस्थापन बिना कुनै उद्योग स्थापना नगराउने प्रतिबद्धता जाहेर गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त कार्यक्रमको संन्चालन नेकपा माओवादी केन्द्र बैजनाथ सचीव मिरा कार्कीले संन्चालन गरेको नेपाली काङ्ग्रेस प्रदेश क सचीव निखिल बैगारले बताए।






