राजनीति

नेपालगंज उपमहानगरपालिका वडा न.११ को अध्यक्ष पदका लागि ईबरार खानको उम्मेदवारी घोषणा

नेपालगंज-आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फ बाट नेपालगंज उपमहानगरपालिका वडा न.११ बाट वडा अध्यक्ष पदका लागि  एकीकृत समाजवादी पार्टीका युवा नेता ईबरार खान ले  उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

सामाजिक क्षेत्र क्रियाशील ईबरार खान ले वडाको समग्र चौतर्फी बिकास तथा वडाका असहाय गरिब तथा जनताको माग अनुसार काम गर्नका  निम्ति आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको बताएका छन्  । आफुले वडा अध्यक्षमा बिजयी  भए पछी जनताको माग तथा ईच्छा अन्काक्षा अनुसार बिकास निर्माण तथा सामाजिक गतिबिधिका क्रियाकलाप अगाडी बढाउने वहाको भनाई छ ।

खानले आफु वडा अध्यक्ष बिजय भएपछी वडाको शिक्षा,स्वास्थ्य, रोजगारी,महिला बालबालिका,युवा र ज्येष्ठ नागरिक तथा सिमान्तकृत समुदायको  अवस्थामा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

हालको वडा समितिले जनताको माग अनुसार काम गर्न नसकेको भन्दै आफुले जनता लाई वास्तविक रुपमा स्थानीय सरकारको आभास तथा गाउँगाउँ मा सिंह दरबारको प्रत्याभूति गराउन  आफु ले उम्मेदवारी दिएको वहाले बताउनु भयो ।

उम्मेदवारी घोषणा गरे संगै वडा वासीले खान लाई  बधाई तथा शुभकामना समेत दिइएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button