राजनीति

माओवादी केन्द्रको उपत्यका युवा बिशेष महाशाखाको कोषाध्यक्षमा नेपालगन्जका पोरवाल

नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उपत्यका युवा विशेष महाशाखाको कोषाध्यक्षमा नेपालगन्जका प्रदिप पोरवाल चयन भएका छन। हालै काठमाडौमा सम्पन्न महाशाखाको भेला बाट पोरवाल लाई कोषाध्यक्षमा सर्वसहमती बाट चयन गरिएको छ। पोरवाल लाई बिशेष प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश शाखाको कोषाध्यक्षमा चयन गरिएको हो। नबिन थापा नुतनको अध्यक्षतामा भएको प्रथम सम्मेलन ले ठाकुर प्रसाद खनालको अध्यक्षतामा ३३ सद्स्य समिती गठन गरिएको छ।
पोरवाल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन योङ कम्युनिस्ट लिगको नगर सह-सचिव समेत रहेका छन।
पोरवाल नेपालगन्ज का एक प्रतिष्ठान ब्यवसायीको रुपमा चिनिन्छन र राजनितीमा लागेका युवाहरुका लागि प्रेरणा को स्रोत समेत बनेका छन।
आफू उपत्यका महाशाखाको कोषाध्यक्ष मा चयन भैसकेपछि खुशी संगै थप जिम्मेवारी महसुस भएको भन्दै पार्टीको संगठन बिस्तार तथा पार्टी लाई बलियो बनाउनको लागि आफुले गर्न सक्ने क्रियाकलाप जिम्मेवार र गम्भीर भइ गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।
कार्यक्रममा प्रमुख अतिथि योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रिय सदस्य सुमन देवकोटा र बैकल्पिक केन्द्रिय सदस्य गणेश शाही लगायतको पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रम नवीन थापा नुतनको अध्यक्षतामा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button