राजनीति
चुनावी एजेन्डा लिई पंकज गुप्ताको टिम निरन्तर मैदानमा

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका वडा न.३ का नेपाली काङ्ग्रेस बाट अध्यक्ष पदका उम्मेदवार पंकज गुप्ता लगायतको प्यानल निरन्तर रुपमा चुनावी एजेन्डा लिएर जनताको बिचमा सक्रिय रुपमा लागि रहेको छ।
शिक्षा बाट बिकास सम्भव भएको भन्दै आफू हरु जिते पछि शिक्षामा बिशेष लगानी गर्ने बताएका छन।
उम्मेदवार भन्छन: हामी शिक्षित छौ र शिक्षित ब्यक्ति लाई उम्मेदवार बनाएका छौ एउटा शिक्षित ब्यक्तीले मात्रै सामाजिक समस्या निराकरण र जनताको चाहना अनुसार काम गर्न सक्छन भन्दै हामीले शिक्षामा विशेष जोड दिईएको जिकिर गरेका छन।
अध्यक्ष पदका उम्मेदवार डा.पंकज गुप्ता,महिला सद्स्य राबिशा शर्मा हल्वाई,सद्स्य शौकत अलि शाह,राम लखन वैश्य ,मिना देबि धोबी लगायत का नेता कर्याकर्ता हरु निरन्तर रुपमा घरदैलो गरिरहेका छन।