लुम्बिनी

बी–ग्रुपद्धारा १२ लाख ८८ हजार बढीको कोल्डचेन ईक्युपमेन्ट स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दिया / अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपाल र भेरी वातावरणीय विशिष्टता समुह( बी ग्रुप) बाँकेको साझेदारीमा सन्चालित कोभिड–१९ आपतकालीन प्रतिकार्य र पुर्नलाभ परियोजना अन्तर्गत बर्दिया र बाँके जिल्लामा स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन साथै खोप सेवा प्रवाहलाई थप सवलीकरण गर्नको लागी कोल्डचेन ईक्युपमेन्ट सामाग्री बर्दिया र बाँके जिल्लामा हस्तान्तरण गरिएको छ ।
बर्दिया जिल्लाको स्वास्थ्य कार्यालयलाई २२५ लिटर क्षमताको १ थान आईएलआर र १ थान फ्रिजर उपलब्ध गराईएको छ । सो सामाग्री भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेका अध्यक्ष टेक बहादुर पुन र केयर नेपालका मानवीय सहायता ब्यवस्थापक केशव भट्टले संयुक्त रुपमा बर्दिया जिल्ला प्रमुख अधिकारी सन्त बहादुर सुनारलाई हस्तान्तरण गर्नुभएको थियो । सो हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनारले स्वास्थ्य सेवामा थप प्रभावकारी हुने सामाग्री सहयोग गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नु भयो ।
त्यसैगरि आज नै बाँके जिल्लाको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखालाई पनि २२५ लिटर क्षमताको १ थान आईएलआर र १ थान फ्रिजर उपलब्ध गराईएको छ । सो सामाग्री भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेका अध्यक्ष टेक बहादुर पुन र केयर नेपालका मानवीय सहायता ब्यवस्थापक केशव भट्ट र बी ग्रुपका निर्देशक डम्मर सुनारले संयुक्त रुपमा स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । सो सामाग्री ग्रहण गर्नु हुदै पौडेलले पालिकाको स्वास्थ्य सेवामा सुधार हुुने गरि सहयोग गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नु भयो ।
मंगरवार बाँके जिल्लाको स्वास्थ्य कार्यालयमा पनि कोल्डचेन ईक्युपमेन्ट सामाग्री वितरण गरिने बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले जानकारी गराउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button