
१४ कार्तिक २०७९ सोमबार लोकतान्त्रिक समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ। केही दिनअघि निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७ वटै गाविसमा उसले एकैपटक घरदैलो अभियान थालेको थियो।
चुनाव प्रचार प्रसार समितिका अनुसार सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साहजनकरूपमा भइरहेको छ।
सोमबार बिहानैदेखि नेपालगन्जका विभिन्न वडाहरूमा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार मो हनान जसगर तथा प्रदेशसभाका उम्मेदवार कौशल मिश्रा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले घरदैलो गरेका थिए।
नेपालगन्जका वडा नं ८,११, र १५ मा घरघरै पुगेर उम्मेदवारहरूले मतदातालाई भेट्दै मत मागेका थिए।
घरदैलो अभियानका क्रममा लोकतान्त्रिक समाजवादी पार्टीप्रति मतदाताको उत्साह देखिएको उम्मेदवार जसगर ले बताए।
‘अबका केही दिन हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिनेछौं। त्यसपछि पनि मतदाताको घरघरमा पुग्ने र भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो पार्टी र उम्मेदवारहरूप्रति मतदाताको धेरै उत्साह देखिएको छ।’
उनले घरघरमा आएर झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासनमात्रै दिने उम्मेदवारलाई भन्दा आफूहरूसँगै रहेर आफ्नो क्षेत्रमा शिक्षा,स्वास्थ , रोजगारी र विकासको काम लाई पनि अघि बढाउने उम्मेदवारलाई मत दिन अपिल गरेको बताए।
‘हामीले हाम्रो पार्टी र हाम्रा उम्मेदवारहरूप्रति एकप्रकारको उत्साह पाएका छौं’ उम्मेदवार जसगर ले भने घर घरमा शिक्षा, स्वास्थ , रोजगारी र विकासको लहर ल्याउनका लागि मौका दिनुहोस् भनेका छौं। हाम्रो कामको मुल्याङ्कन आम मतदाताले आफै गरिहाल्नुहुन्छ।’
↑