नेपालगंजमा माक्रे बेकरी तथा स्वीट हाउस संचालनमा

मेरो सवाल संवाददाता : नेपालगंजमा आज देखि माक्रे बेकरी तथा स्वीट हाउस संचालनमा आएको छ । धनगढी निवासी चन्द्रशेखर के.सीले नेपालगंजको सुर्ख्रेत रोडमा सो हाउसलाई संचालनमा ल्याउनु भएको हो ।
उक्त बेकरीको उद्घाटन आज एक समारोहका बिचमा नेपालगंज उपमहानगरपालिकको नगर प्रमुख डा. धवल शमशेर राणाले गर्नु भएको छ ।नयाँ स्वाद र थप स्तरीयका साथमा नेपालगंजमा ग्राहकलाई सन्तुष्ट पार्नका लागि नयाँ तथा व्यवस्थित तरिकाले संचालनमा ल्याईएको संचालक केसी ले बताउनु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख राणाले नया व्यवासयको सफलता तथा बधाई व्यक्त संगै नयाँ वर्षको शुभकामना समेत व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा नेपालगंज मेडिकल कलेजका फिजिसियन डाक्टर सुभाष योगी,बाल रोग बिज्ञ रोमा बोरा,वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक डिल्ली बहादुर खडाका,बालअधिकारकर्मी साहिल अन्सारी,नेपालगंज जेसिसका वरिष्ठ उपाध्यक्ष आशिष आनन्द लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो भने कार्यक्रम संचालन सामाजिक अभियान्ता प्रकाश कुवरले गर्नुभएको थियो।