लुम्बिनी
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ -अन्सारी

नेपालगन्ज- बालअधिकारकर्मी साहिल अन्सारीले नेपाली काङ्ग्रेस तथा प्रधानमन्त्री शेर बहादुर देउवाले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन।मङलवार नेपाल विद्यार्थी संघको कार्यक्रममा प्रधानमन्त्री देउवाले बिधालय बिधालयमा संगठन निर्माण गर्ने निर्देशन लाई लिएर चौतर्फी आलोचना समेत भैरहेको छ।
बिधालय र बालबालिका शान्ति क्षेत्र हुन बालबालिका लाई राजनीति बाट टाढा राख्नु पर्छ १८ बर्ष मुनिका बालबालिका लाई कुनै राजनीतिक प्रयोजनका प्रयोग गर्नु हुदैन। उनले भने देशको जिम्मेवार ब्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु लज्जास्पद भएको जिकिर गरेका छन।
अन्सारीले भने पार्टीको बिधान भन्दा देशको संविधान र ऐन हुन्छ कानुन सवैले मान्नु पर्छ।