लुम्बिनी

नेपालगन्ज ३ मा काङ्ग्रेसको प्रचारप्रसार तिब्र,उम्मेदवार भन्छन: जनचाहना अनुरुप काम गर्छौ।

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा नेपाली काङ्ग्रेस पार्टी तर्फका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसार लाई तिब्र पारेका छन।
मुस्लिम समुदायको रमजान सके लगत्तै उम्मेदवार हरु घर घर पुगि भोट माग्ने क्रम बढेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा अध्यक्ष पदका उम्मेदवार डा.पंकज गुप्ता नेतृत्व सहितको टोलिले जनताको माझमा गएर जनतामा बिश्वास दिलाइरहेका छन।
अध्यक्ष पदका उम्मेदवार गुप्ताका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा अझै बिकासको आवस्यकता महसुस भएको भन्दै आफू बिजयी भए पश्चात् यश वडाको समग्र शिक्षा स्वास्थ्य रोजगारी बिकास निर्माणका काम लाई पहिलो प्राथमितामा राखी जनचाहना अनुरुप काम गर्ने जनाएका छन।गुप्ताको प्यानलमा महिला सद्स्य रबिशा शर्मा हलवाई दलित महिला सद्स्य मिना देबि धोबी सद्स्य शौकत अलि शाह र सदस्य राम लखन वैश्य रहेका  रहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button