सामुदायिक सुरक्षा जालो द्वारा नेपालगन्जमा राहत बितरण

नेपालगन्ज असार-०४ गते-सामुदायिक सुरक्षा जालो नेपालगन्जको आयोजना फातिमा फाउन्डेसनको सहकार्य र टेवा नेपालको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका,खजुरा गाउँपालिका को बिपन्न परिवारका २३ जना लाई राहत बितरण गरिएको छ।
सामुदायिक सुरक्षा जालो को बैठक बाट सिफारिस भए बमोजिमका एकल महिला,अपाङ्ग,बृद्ध र अति बिपन्न परिवार लाई १२ हजार बराबरको राहत बितरण गरिएको सामुदायिक सुरक्षा जालो को अध्यक्ष सुबेदा फरहिनले बताउनु भयो।
राहत सामाग्रीमा ९० किलो चामल, ९ किलो दाल, ३ किलो चिनी, ६ किलो तेल, १८थान साबुन,स्वास्थ तथा सरसफाइ कीट,१ थान मोबाइल, ३ किलो लुगा धुने पाउडर ,१ थान ग्यास चुलो, ३ किलो नमक प्रदान गरिएको संस्था जनाईएको छ।
साथै १० जना लाई बिउबिजन सामाग्री समेत र ४ जना परिवार लाई प्रेसर कुकर प्रदान गरिएको अध्यक्ष फरहिनले बताउनुभयो।
राहत सामग्री बितरण कार्यक्रममा गैरसरकारी संस्था महासङ्ह बाँकेका अध्यक्ष नमस्कार शाह,नेपालगन्ज उपमहानगरपालिका वडा न.३ का सद्स्य कमरुन निशा अन्सारी,फातिमा फाउन्डेसनको अध्यक्ष मैमुना सिद्दिकी,सामुदायिक सुरक्षा जालो को सद्स्य चादनी बानो ईद्रिसि,आमना बानो हलवाई,हुमा अख्तर,साहिल अन्सारी,लुब्ना सिद्दिकी,कैकशा अन्सारी लगायतको उपस्थिती रहेको अध्यक्ष फरहिनले बताउनु भयो।