लुम्बिनी

बासगढीमा बालविवाह विरुद्ध र्याली र सभाको आयोजना

नेपालगञ्ज, असोज ६ । बर्दियाको बासगढी नगरपालिकामा बालविवाह विरुद्धको अभियान अन्तर्गत क्लबले वडा नम्बर ६ मा बृहत्त सेचतना रयालीको आयोजना गरेको छ । सो वडाको नौ वटा टोलबाट बालविवाह विरुद्ध नाराहरु लगाउँदै निस्किएका नौ वटै र्यालीले वडाको परिक्रमा गरेर वडा कार्यालयमा पुगेर कोणसभामा परिणत भए । सो सभालाई सम्बोधन गर्दै मेयर अधिकारीले २० वर्ष अगाडी विवाह गर्नु सामाजिक अपराध भएको बताउँदै कसैले पनि सो नगर्न र कसैैलाई पनि गर्न नदिन त्यहाँ रहेकाहरुबाट प्रतिवद्धता लिनुभयो । उहाँले सो अवसरमा बालविवाहले पर्ने स्वास्थ्य समस्या लगायत अन्य समस्याहरुका बारेमा पनि प्रष्ट पार्नुभएको थियो । सो कार्यक्रम वडा नम्बर ६ का वडा अध्यक्ष दशरथ थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । र्याली र सभामा बाल क्लबका सदस्य र पदाधिकारी, विभिन्न संजाल, महिला, युवा, बरघर, धार्मिक गुरु, बालबालिका, जनप्रतिनिधि, प्रहरी, शिक्षक र कर्मचारी लगायत गरेर तीनसय जनाको सहभागिता रहेको परियोजनाका संयोजक बसन्त विसीले बताउनुभयो । बासगढीका मेयर शालिकराम अधिकारी अहिले बालविवाह विरुद्धको हरेकजसो अभियानमा निरन्तर सक्रिय भएर लाग्नु भएको छ । उहाँले आफ्नो पालिकाका कसैले पनि वालविवाह नगरोस र बालबालिकाको अधिकार पनि हनन् नहोस् भन्ने उदेश्यले आफु स्वयम दिनरात खटिएको बताउनु हुन्छ । हुन त स्थानीय सरकारका प्रमुखको नाताले उहाँलाई आफ्नो पालिकाको सबै काममा खटिनुपर्छ । तर, पनि बालविवाह रोकथाम र नियन्त्रणका लागि उहाँले विशेष ध्यान दिनु भएको अन्य जनप्रतिनिधिहरुले पनि बताउँदै आएका छन् । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा बासगढीसहित बर्दिया जिल्लाका चारवटा पालिकामा ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ सञ्चालन गरिरहेको छ । सो परियोजनाले आयोजना गरेका हरेकजसो कार्यक्रम र गतिविधिमा मेयर अधिकारी आफै सक्रियतापुर्वक लाग्दै आउनु भएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले मेयर अधिकारीको सहयोग र सक्रियताले गर्दा आफुहरुलाई उत्साहित बनाएको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button