लुम्बिनी

सशस्त्र प्रहरीद्धारा मोटरसाइकलसहित भन्सार छलीको सामान बरामद

बाँके-सशस्त्र प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्ने क्रम जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध सामानसहित मोटरसाइकल बरामद गरेको हो ।

भारतबाट मोटरसाइकलमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती बरामद गरिएको उक्त गणका गण्पती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको सामान मोबाइल गस्ती टोलिलाई देखेर तस्कर फरार भएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका–१४ बाबुगाउँ नजिकैबाट बरामद गरिएको १ लाख ६० हजार मूल्य बराबरको सामान सहित मोटरसाइकल थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button