जीवनशैलीलुम्बिनी
Trending

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन नवलपरासी प्रशासनको आग्रह ।

नेपालगन्ज,१५ असोज
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

यही कार्तिक ५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन हातहतियार खरखजाना ऐन २०१९ को ८ बमोजिम इजाजतपत्र प्राप्त सम्पुर्ण व्यक्तिहरुमा अनुरोध गरिएको हो ।

सथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक हप्तापछि संबंधित प्रहरी कार्यालयमा सम्पर्क गरि आ-आफ्नो हातहतियार बुझिलिन समेत सुचनमा उल्लेख गरिएको छ ।

  1. इजाजतपत्र प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button