
१६ कार्तिक/ नवलपरासी पश्चिम नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका–१० पिपरपाती स्थित सौजन्य साना किसान कृषि सहकारी संस्थाको ७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यमामा संस्थाको नवनिर्मित भवनको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभामा सो सहकारीका संचालक समितिका अध्यक्ष राजेश सिंह थापा (प्रदिप)ले २०७८/०७९ को कुल ५ करोड २२ लाख २६ हजार ८ सय ७९ रुपैया ३३ पैसा आर्थिक वार्षिक प्रगति विवरण र संस्थाका व्यवसथापक रामेश्वर कोइरीले लेखा प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले कुल १७ लाख १५ हजार नाफा कमाएको छ ।
साधारणसभामा विभिन्न विधामा उत्कृष्ट हुने सेयर सदस्य समुह तथा धेरै बचत गर्नेलाई प्रोत्साहन सहित नगदले सम्मान गरिएको थियो । यसैगरी ६० वर्ष माथिका ज्येष्ठ सेयर सदस्य, नियमित तथा अनिवार्य मासिक बचतकर्ता, खुत्रुके बचतकर्तालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाले जनाएको छ ।
सौजन्य साना किसान कृषि सहकारीमा हाल सेयर सदस्य संख्या ६ सय ३० रहेको बताइएको छ ।
उक्त साधारणसभामा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, इलाका बुटवल साना किसान कृषि सहकारीका प्रवन्धक गणेश भट्टराई, त्रिवेणी साना किसान कृषि सहकारी अध्यक्षका सुरज कोहार, प्रबन्धक सीता शर्मा,साना किसान कृषि सहकारी नर्सहीका अध्यक्ष नन्दलाल गुप्ता,समाजसेवी युवराज मौर्या लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक रामेश्वर कोइरीले गरेका थिए भने प्रमुख अथिति, अथिति र उपस्थित सदस्यहरूलाई स्वागतगर्दै संस्थाका संचालन समितिका सदस्य हरि प्रसाद कोइरीले संस्थाको ऐतिहासिक पृष्ठभूमि आगामी कार्ययोजना र संस्थाका गतिबिधिका बारेमा साधारण सभामा जानकारी गराए