लुम्बिनी

कविता प्रतियोगितामा धम्बोझी उमाविका निर्मिका साउँद प्रथम

नेपालगन्ज / सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी मुल नाराको साथ नेपालगन्जमा पनि ३२ औ अन्तरराष्ट्रिय बाल अधिकार दिवश मनाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल, सेफ द चिल्ड्रेन, स्याक नेपाल, सिविन नेपाल, बाँके युनेस्को क्लब, सामाजिक विकास मन्च, रेष्ट नेपाल ईम्प्रोक नेपाल, नगर स्तरीय बाल क्लब सन्जाल र नगर स्तरीय बाल क्लब सन्जालको सहकार्यमा बाल दिवको अवशरमा मेरो अधिकार मेरो कर्तब्य विषयक कविता प्रतियोगिता सम्पन्न भएको हो ।
सो कविता प्रतियोगितामा धम्बोझी उमाविका निर्मिका साउद प्रथम, मंगल प्रसाद उमाविका अमर कार्की द्धितिय, सरस्वती उमाविका चाँदनी खान तृतीय र सान्तवना स्थान भने होप विद्यालयका दिपक भण्डारीले हात पार्न सफल भएका छन् ।
विजयी हुने विद्यार्थीहरुलाई प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमशः २०००,१५००,१००० र ५०० बराबरको स्टेशनरी र प्रमाण पत्र वितरण गरेको थियो । विजयी विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, सामाजिक विकास महाशाखा प्रमुख उपसचिव शोभा शाह, र वडा नं.१२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदीले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
कविता प्रतियोगिताको निर्णायक मण्डलमा लेक प्रसाद प्याकुरेल, बाल कृष्ण शर्मा र सन्तोषी बिस्ट रहेका थिए । सो कार्यक्रम नगर स्तरीय बाल क्लब सन्जालको अध्यक्ष नेन्शी शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाका पवित्रा पुरीले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button