लुम्बिनी

बिओपीको टोलीले टंकपसरीबाट अवैध सामान बरामद

बाँके असोज १०- सशस्त्र प्रहरीले अवैध सामान बरामद गर्ने क्रम जारी राखेको छ । नेपालगन्ज जमुनाह बिओपीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, प्लास्टिकका भाडा, हरियो तरकारी र सुपर पावर सुर्ती बरामद गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक योगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।

नेपालगन्ज उपमहानगरपालिका–१५ टंकपसरी गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ९ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सहायक निरीक्षक शाहीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button