राजनीतिलुम्बिनी
Trending

बाम लोकतान्त्रिक गठबन्धनलाई:थारुको समर्थन

कार्तिक २५ नेपालगन्ज                                आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार तिब्र बनाएर जनताको घर दैलोमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई शुक्रबार बैजनाथ गाउँपालिका थारु समुदायले समर्थन गरेका छन् ।निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार किशोर सिंह राठाेर ३ क प्रदेश सभा उम्मेदवार दल बहादुर सुनार नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार आशा बि क प्रदेश सभा सदस्य समानुपातिक मुस्लिम तर्फ मोहम्मद नकि खां थारु तर्फ बिनोद कुमार थारु लगाएत बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थितिमा बृहत् छलफल गरेर बैजनाथका थारु समुदायका बर्घर महेश थारु,फेरम थारु र जागेश्वर थारु लगाएतका थारु अगुवाहरुले सम्पुर्ण थारु जनजातिहरुको मुद्वा र सहिद बैजनाथ थारुको सपना साकार गर्ने बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बैजनाथ ७ पेडारीका थारु अगुवा बर्घरहरुले साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको समानुपातिक प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेस जिल्ला सह सचीव बिनोद कुमार थारुले जानकारी दिए।
प्रदेश सभा सदस्य पदका उम्मेदवार दल बहादुर सुनारले नेपालको संबिधान २०७२ को रक्षा प्रतिगमन विरुद्ध गठबन्धन भएको बताउनुका साथै बैजनाथ थारु लगाएत सम्पुर्ण बैजनाथका सहित बेपत्ता तथा घाईते अपाङ्ग सबैको हितको लागि आफू सधैं लागि पर्ने सुनारले प्रतिबद्धता जाहेर गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button