राजनीति
अखिल(क्रान्तिकारी)बाँकेको नेतृत्वमा महेश बस्नेत

इरफान अली बाँके-नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सल्यान निवासी महेश बस्नेत सर्बसम्मत चयन भएका छन।
अखिल (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनबाट सल्यान कुमाख गाउँपालिका निवासी महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ ।
जसको उपाध्यक्षमा प्रकाश ओली र इन्दु के.सी चयन हुनुभएको छ । यसैगरी सचिवमा सुनिल बटाला,सहसचिवमा मनोज वि.सी,चरित्र शाही,महेश सिंह एरी र सन्तोष शर्मा चयन हुनुभएको छ ।
यस्तै संगठनको कोषाध्यक्षमा अनिशा रिजाल लगायत ५१ जना कार्यसमिती चयन भएको संगठनका नवनिर्बाचित बाँके अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो।