जनताको सेवक भएर काम गर्ने इच्छा छ: मोनु गुप्ता
नेपालगन्ज-अगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको उम्मेदवारी घोषणा हुने क्रम सुरु भैसकेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा न.१ मा जनता समाजवादी पार्टीको तर्फ बाट मोनु कुमार गुप्ताको नेतृत्वको समुहले उम्मेदवारी घोषणा गरे संगै चुनावी प्रचार प्रसारमा तिब्रता देखाएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.१ का जनता समाजवादी पार्टीका उम्मेदवार मोनु गुप्ताको अनुसार अगमी बैशाख ३० गते हुन लाएको स्थानीय निर्वाचन पश्चात् जनताको सेवक भएर काम गर्ने इच्छा ब्यक्त गरेका छन।
अध्यक्षका उम्मेदवार गुप्ताका अनुसार वडामा शिक्षा,स्वास्थ्य,रोजगारी भौतिक सरचना,बाटोघाटो नाला तथा सामाजिक र मानवीय बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। स्थानीय निर्वाचन भएको ५ बर्ष भित्र हालको अध्यक्षले जनताको चाहना अनुरुप काम गर्न नसकेको भन्दै आफुले उम्मेदवारी दिएको वहाँको भनाई छ। वहाँको समुहमा ओम बहादुर बस्नेत,अलि अहमद हल्वाई,हेमलता गुरुङ मिरा पासी लगायतको उम्मेदवार हरु रहेका छन।
अध्यक्ष पद का उम्मेदवार मोनु गुप्ता राजनिती शास्त्रमा स्नातकोत्तर गरेका छन।